कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३
नवौं राष्ट्रिय खेलकुद

उपसमिति संयोजकहरू तोकिए

काठमाडौँ — नवौं राष्ट्रिय खेलकुदका लागि विभिन्न १२ विषयगत उपसमिति गठन गरेको छ । संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समिति बैठकले १४ मध्ये १२ उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

उपसमिति संयोजकहरू तोकिए

विषयगत उपसमिति संयोजक र सचिव पनि तोकिएको छ । बाँकी दुई उपसमिति सुरक्षा प्रबन्ध र अनुसन्धान उपसमिति चाँडै गठन गरिने बुधबारै आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव घिसिङले बताए ।

समारोह उपसमिति संयोजकमा राखेपका सदस्य एकेन्द्र कुँवर र सचिवमा प्रशासकीय अधिकृत सारङ्गीन निरौला, प्राविधिक उपसमिति संयोजकमा नायब वरिष्ठ प्रशिक्षक हिमालराज दाहाल र सचिवमा नायब वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसमिति संयोजकमा राखेपका सदस्य राजेश गुरुङ र सचिवमा प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, बसोबास व्यवस्थापन उपसमिति संयोजकमा राजकुमार थापा र सचिवमा प्रशासकीय अधिकृत चन्द्रकुमार राई, अनुशासन उपसमिति संयोजकमा पेमा लामा र सचिवमा कानुन शाखाका प्रमुख नारायणराज अर्याल तथा स्वास्थ्य उपसमिति संयोजकमा डा. बुलन्द थापा र सचिवमा डा. ज्ञानेन्द्रविक्रम शाह छन् ।

यातायात व्यवस्था उपसमिति संयोजकमा राखेपका सदस्य प्रकाश कुसारी र सचिवमा पौडी शाखाका प्रमुख देवराज कटुवाल, प्रचारप्रसार उपसमिति संयोजकमा दीपेन्द्र विष्ट र सचिवमा मकवानपुर जिखेविस प्रमुख खुशराज दाहाल, खेल सामग्री तथा पोसाक व्यवस्थापन उपसमिति संयोजकमा राखेपका सदस्य अञ्जन धमला र सचिवमा भण्डार शाखा प्रमुख सुजन खतिवडा, स्रोत परिचालन उपसमिति संयोजकमा वाग्मती प्रदेश खेलकुद परिषदका सदस्य–सचिव सूर्यलाल भण्डारी र सचिवमा संघसंस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल, स्वयंसेवक उपसमिति संयोजकमा राखेपका सदस्य जनक बर्तौला र सचिवमा प्रशासकीय अधिकृत लीलाराम बस्नेत तथा एन्टी डोपिङ उपसमिति संयोजकमा डा.नमिसमान प्रधान र सचिवमा प्रशासकीय अधिकृत दोबे तामाङ छन् ।

प्रकाशित : श्रावण ५, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×