कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोयललाई यू–२३ बास्केटबल उपाधि

काठमाडौँ — रोयल सेन्ट्रल स्पोर्ट्सले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम यू–२३ पुरुष बास्केटबलको उपाधि जितेको छ । कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा मंगलबार फाइनलमा रोयलले टाइम्सलाई ६६–५७ ले पराजित गरी १ लाख रुपैयाँ पुरस्कार जित्यो ।

रोयललाई यू–२३ बास्केटबल उपाधि

दोस्रो भएको टाइम्सले ५० हजार पायो । रोयलका निकेश रखाल मगरले २२ स्कोर गरे ।रोयलले पहिलो क्वाटरमा २३–१८ को अग्रता लियो । दोस्रो क्वाटरमा २२–१६ को अग्रता लिएको रोयल तेस्रोमा ८–१० ले पछि परेको थियो । चौथो तथा अन्तिम क्वाटर १३–१३ को बराबरीमा टुंगिएको थियो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा रोयलका निकेश ‘.मोस्ट भ्यालुएबल प्लेयर तथा टाइम्सका श्रेयश शाह उदीयमान खेलाडी . भए । दुवैले जनही १० हजार पुरस्कार पाए । विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, पूर्व क्रिकेटर शक्ति गौचन, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनलगायतले पुरस्कृत गरे ।


प्रकाशित : असार २१, २०७९ २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?