कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल र क्यानडा भिड्दै

काठमाडौँ — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग हुने त्रिकोणात्मक श्रृंखलाको तयारीका लागि क्यानडा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार घरेलु टिमविरुद्ध क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्दैछ ।

नेपाल र क्यानडा भिड्दै

क्यानडाको किङ सिटी मेपल लीफ क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । नेपालले क्यानडामा दुई खेल खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालले पूर्व नेपाली क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा स्थानीय ओन्टारियोसँग एक एकदिवसीय र एक ट्वान्टी–२० क्रिकेट खेलेको थियो ।

जसमा नेपालले एक दिवसीय खेलमा ६९ र ट्वान्टी–२० खेलमा ५५ रनको जित निकालेको थियो । चिरपरिचित प्रतिद्वन्द्वी क्यानडासँग यसअघि नेपालले तीन पटक खेलिसेकेको छ ।

तीन भेटमा नेपाल दुई खेलमा विजयी हुँदा क्यानडाले एक पटक जित हासिल गरेको छ । नेपाल र क्यानडा पहिलोपटक २०१४ मा खेलेका थिए । २०१५ को आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेपाल १२ रनले पराजित भएको थियो । आईसीसी लिग डिभिजन–२ मा नेपाल र क्यानडाको दोस्रो खेल भएको थियो । २०१५ मा नामिबियामा भएको उक्त खेलमा नेपालले ७ विकेटको सुखद् नतिजा निकालेको थियो ।

यस्तै क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम खेल २०१८ मा भएको थियो । आईसीसी डिभिजन–२ को खेलमा नेपाल १ रनले विजयी भएको थियो । ५१ रन जित्नका लागि आवश्यक रहँदा नेपालसँग १ विकेट मात्र बाँकी रहेको अवस्थामा करण केसी र सन्दीप लामिछानेले रोमान्चक जित दिलाएका थिए । यस खेलमा करण केसीले ५ विकेटका साथ विजयी ४२ रन बनाएका थिए ।

घरेलु टोली क्यानडासँगको दुई खेलको श्रृंखलापछि नेपाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग–२ खेल्न स्कटल्याण्ड जाने तालिका रहेको छ । नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्ड भ्रमणमा नेपाल जितसहित विश्वकप त्रिकेट लिग–२ अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ ।

प्रकाशित : असार २१, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?