२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

थ्री बाइ थ्री बास्केटबल आजदेखि

काठमाडौँ — ऋत एकेडेमीको आयोजनामा ऋत एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबार सुरु हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजमा ८० र गर्ल्समा १६ टिमको सहभागिता रहने ऋत एकेडेमीका सीईओ सिद्धार्थ लामाले जनाएका छन् । नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेल बसुन्धारास्थित आयोजक ऋतको आफ्नै बास्केटबल कोर्टमा हुनेछ ।

ब्वाइज/गर्ल्समा समान नगद पुरस्कार राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसबाहेक ब्वाइज/गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने लामाले बताए ।

ऋतमा प्लस टु अध्ययन गर्न इच्छुकलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । ‘मोस्ट भ्यालुएबल प्लेयर’ लाई पनि त्यहीबराबर छात्रवृत्ति प्रदान गरिने जनाएको छ ।

प्रकाशित : असार २१, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?