२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एक्स–गोर्खालाई महिला फुटसल

लमजुङ — बेंसीसहरमा आयोजित पहिलो महिला फुटसल प्रतियोगिताको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । सोमबार फाइनलमा घरेलु टिम मिनाङ लाङ्घाली बेंसीसहर–२ लाई ३–० ले हराउँदै एक्स–गोर्खाले उपाधि जित्यो । लमजुङ फुटसलद्वारा सातबिसेको फुटसल मैदानमा आयोजित महिला फुटसलमा विजेताले ३० हजार र उपविजेताले १५ हजा रुपैयाँ पुरस्कार पाए ।

एक्स–गोर्खालाई महिला फुटसल

लमजुङको बाघेता क्लबलाई हराएर एक्स–गोर्खा फाइनल पुगेको थियो । मिनाङले भने फुटसल एरिना काठमाडौंमाथि जित पाएको थियो । उत्कृष्ट गोलरक्षक गोर्खाकी झरना राई, सर्वाधिक गोलकर्ता मिनाङकी सम्झना शर्मा (६ गोल) र उत्कृष्ट खेलाडी बाघेताकी मनीषा थापामगर चुनिए । सबैले जनही १ हजार पुरस्कार पाए ।

विजेतालाई जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, आयोजक लमजुङ फुटसलका सञ्चालक केशबहादुर राना, बेंसीसहर नगरपालिका–७ का अध्यक्ष खुशीजंग गुरुङलगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा लमजुङसहित काठमाडौं, कास्की र तनहुँका टिमले भाग लिएको प्रशिक्षक इन्द्र रानाले बताए ।

प्रकाशित : असार २१, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?