कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोयल अन्तिम चारमा

काठमाडौँ — रोयल राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा रोयलले टाइम्सलाई ६६–५६ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

लगातार तीन खेलमा जित आत्मासात गरेको रोयलका निकेश मगरले १६ अंक जोडे । पराजयका बावजुद उपविजेता बन्दै टाइम्स पनि सेमिफाइनलमा पुग्न सफल भयो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा यसअघि नै सेमिफाइनलमा पुगेको कीर्तिपुरले विशाल मिलन केन्द्र (बीएमके) लाई ५९–४३ ले हराउदै समूह ‘बी’ को विजेता भयो ।

कीर्तिपुरले लगातार चौथो जित निकालेको हो । कीर्तिपुरका आशिष महर्जनले १८ स्कोर गरे । गोल्डेनगेटले बलर्स एकेडेमीलाई ७५–४२ ले पन्छायो । गोल्डेनगेटका प्रनित श्रेष्ठले १७ अंक बटुले । अब सेमिफाइनल पुग्ने एक टिमको मात्र टुंगो लाग्न बाँकी छ ।

प्रकाशित : असार १८, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?