कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

पुलिस क्लब महिला भलिबलको फाइनलमा

काठमाडौँ — विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब बिहीबार वाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबलमा फाइनल पुगेको छ । पुलिस अपराजित रह्यो ।

पुलिस क्लब महिला भलिबलको फाइनलमा

कीर्तिपुरस्थित मल्टीप्रपोज कभर्डहलमा बिहीबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा पुसिलले एपीएफलाई २५–१८, १४–२५, २५–१७, २५–२० सेटमा हरायो ।

दुवै खेल्नुअगाडि नै फाइनल पुगिसकेका थिए । पुलिस शीर्ष र एपीएफ दोस्रो स्थानमा रहँदै फाइनल पुग्न सफल भयो । अब शनिबार उपाधिका लागि पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि बिहीबारै आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबले परोपकार आदर्श माविलाई २५–२२, २५–१०, २५–१४ को सोझो सेटमा पराजित हरायो । डायमन्डले ३ खेलमा पहिलो जित हो । परोपकार अंकविहीन भयो । डायमन्ड र परोपकारबीच पुन: तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउने गर्नेछन् । प्रतियोगिताको मुख्य उद्देश्य न्यु डायमन्ड स्पोर्ट्स क्लबको भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कारवापतको २० प्रतिशत रकम दिनुपर्नेछ ।

प्रकाशित : असार १६, २०७९ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?