कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एसीसी महिला क्रिकेट टी-ट्वान्टी

नेपाललाई यूएईले दियो ८२ रनको लक्ष्य

काठमाडौँ — नेपाली महिला क्रिकेट टिमले एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपमा युएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा शुक्रबार भइरहेको खेलमा यूएईले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनायो ।

नेपाललाई यूएईले दियो ८२ रनको लक्ष्य

नेपालकी अस्मिना कर्मचार्यले ३.५ ओभर बलिङ गर्दै १० रन दिएर ५ विकेट लिएकी छन् । यस्तै इन्दु वर्माले ४ ओभरमा १६ रन दिँदै ३ विकेट झारिन् भने सीता राना मगरले ४ ओभरमा १९ रन दिँदै २ विकेट लिइन् ।

यूएईकी वैस्नव महेसले ११ बलमा १६ रन बनाइन् भने इसा ओझाले २१ बलमा १५ रन बनाइन् । वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।

सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको थियो । ग्रुप बीमा रहेको नेपालले ३ खेलमा जित र एक खेलमा हार व्यहोर्दै ६ अंकका साथ शीर्ष दुईमा रहेर सेमिफाइनलमा पुगेको हो ।

तस्बिरहरु: क्यान

प्रकाशित : असार १०, २०७९ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?