कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनओसी अवार्ड आज

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिहीबार ‘ओलम्पिक डे’ का अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ । आज जुन २३ (ओलम्पिक डे) को अवसरका अन्य विविध कार्यक्रम हुनेछ ।

एनओसी अवार्ड आज

यसक्रममा नेपाली खेलकुदसँग जोडिएका ९ विधामा अवार्ड प्रदान गरिनेछ । कमिटीले यस्तो अवार्ड कार्यक्रम गर्न लागेको यो पहिलोपल्ट हो । यसलाई निरन्तरता दिइने एनओसीले जनाएको छ 

। ‘हामीले नेपाली खेलकुदसँग जोडिएका विभिन्न ९ विधामा अवार्ड प्रदान गर्नेछौं र यसका लागि सबै तयारी पूरा गरिसकेका छौं । हामीलाई विश्वास छ, यो नेपाली खेलकुदमा प्रतिष्ठित अवार्डका रूपमा स्थापित हुनेछ,’ कमिटीका सदस्य तथा एनओसी अवार्ड कमिटीका समन्वयकर्ता गोपाल सुन्दरलाल कक्षपतिले भने, ‘यो अवार्ड पाउनेका लागि प्रोत्साहन हुनेछ भने नयाँ पुस्तालाई प्रेरणा बन्नेछ ।’

उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट पुरुष र महिला प्रशिक्षक तथा उत्कृष्ट राष्ट्रिय खेल संघ गरेर ५ विधामा अवार्ड प्रदान गरिनेछ । यस्तै अरू चार विधा खेल पत्रकारितासँग जोडिएको छ । त्यसमा छापा, मल्टिमिडिया, भिजुअल मिडिया र फोटो पत्रकारिताबाट उत्कृष्ट पत्रकार छानिने छ । प्रत्येक अवार्डसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ ।

प्रकाशित : असार ९, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?