कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुला भलिबल संघको अध्यक्षमा ऐरी

मनोज बडू

दार्चुला — जिल्ला भलिबल संघ दार्चुलाको अधिवेशनले प्रेमसिंह ऐरीलाई अध्यक्षमा चयन गरेको छ । सदरमुकाम खलंगामा बुधबार भएको भेलाले ऐरीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो ।

दार्चुला भलिबल संघको अध्यक्षमा ऐरी

संघको उपाध्यक्षमा सुरेशसिंह धामी र भोजराज जोशीलाई चयन गरेको छ । महासचिवमा दिनेश निरौला, कोषाध्यक्षमा विरदेव भट्ट चयन भएका छन् । सदस्यहरु महिलातर्फ अनिता धामी, लोरेन्स ठगुन्ना र गोमती जोशी तथा पुरुषतर्फ गगनसिंह धामी, प्रेमसिंह धामी चयन भएका छन् ।

नेपाल भलिबल संघका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाको उपस्थितिमा समिति चयन गरिएको संघका उपाध्यक्ष भोजराज जोशीले जानकारी दिए । जिल्ला खेलकुद विकास समितिले दुई जना सदस्य मनोनीत गर्न बाँकी छ । असार १२ गते प्रदेश समिति चयन हुने बताइएको छ ।

यसैबीच, बुधबारको पहिलो बैठकले प्रदेश समिति गठनका लागि पनि जिल्लाबाट दुई जना प्रतिनिधि खटाउने निर्णय गरेको छ । भोजराज जोशी र सुरेशसिंह धामीलाई पठाउने निर्णय गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख श्यामराज अवस्थीले जानकारी दिए ।


प्रकाशित : असार ८, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?