१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

समीर र पेम्बालाई उपाधि

पोखरा — पाँचौं राष्ट्रिय स्केटिङ बोर्ड प्रतियोगितामा सिनियरको पुरुषतर्फ समीर विल्सन सुनार र महिलातर्फ पेम्बा श्रेष्ठले उपाधि जितेका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा मंगलबार पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा भएको प्रतियोगितामा पुरुषतर्फ धीरज परियार दोस्रो र वसन्त राई तेस्रो भए । महिलातर्फ समीक्षा राई दोस्रो र स्वाती श्रेष्ठ तेस्रो भए ।

समीर र पेम्बालाई उपाधि

जुनियर पुरुषमा शिशिर श्रेष्ठले स्वर्ण, आर्यन शाहीले रजत र किरण गुरुङले कांस्य जिते । महिलामा खुशी बिक पहिलो, एन्जल क्षेत्री दोस्रो र सिमरन थापा तेस्रो भए । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार हात पारे ।

विजेतालाई कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाललगायतले पुरस्कृत गरे । विभिन्न जिल्लाका करिब १ सय ५० खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । फाइनल चरणमा सिनियरतर्फ पुरुष/महिलामा ९–९ खेलाडीले प्रतिस्पर्धा गरे । जुनियर पुरुषमा ९ र महिला ३ खेलाडी फाइनलका लागि छनोट भएका थिए । खेलाडीले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिस्पर्धा गरे । फाइनलका लागि भारत र मालदिभ्सबाट दुई निर्णायक पोखरा आएको संघका अध्यक्ष खनालले जानकारी दिए । पोखरामा तेस्रोपल्ट यो प्रतियोगिता भएको हो । बाँकी दुई संस्करण काठमाडौंमा भएको थियो ।

प्रकाशित : असार ८, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?