कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । निवर्तमान अध्यक्ष  कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन् । 

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

सोमबार भएको निर्वाचनमा नेम्वाङले ४५ मत पाए । त्यस्तै पराजित भएका शेर्पाले ३९ मत ल्याए । अध्यक्षमा निर्वाचित नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ सदस्य गरी २१ सदस्यीय कार्यसमितिको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका थिए । अध्यक्षमा फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौडेलले पनि उम्मेदवारी दिएका थिए । तर उनले मत नै पाएनन् ।

२०७५ वैशाख २२ मा एकलौटी रूपमै शेर्पाको समूहले एन्फाको चुनाव जित्यो । शेर्पा अध्यक्ष भए । सर्वाधिक मतसहित उपाध्यक्ष चुनिएका नेम्बाङलाई एक वर्षपछि वरिष्ठ उपाध्यक्ष बनाइयो । अध्यक्ष र वरिष्ठ उपाध्यक्षका रूपमा सहकार्य गरेका शेर्पा र नेम्वाङ यसपटक प्रतिस्पर्धामा उत्रिएका थिए । पंकजविक्रम पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्बाङका छोरासमेत हुन् ।

प्रकाशित : असार ६, २०७९ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×