१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

जुनियर टेबलटेनिसका लागि सम्झौता

काठमाडौँ — अखिल नेपाल टेबलटेनिस संघ र पूर्वराष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेबीच राष्ट्रिय टेबलटेनिस जुनियर प्रतियोगिता गर्नका लागि आइतबार सम्झौता भएको छ । सम्झौतामा संघका अध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय च्याम्पियन पाण्डेले हस्ताक्षर गर्दै आदानप्रदान गरेका छन् ।  

जुनियर टेबलटेनिसका लागि सम्झौता

यसै वर्षदेखि कल्याण पाण्डे राष्ट्रिय टेबलटेनिस जुनियर च्याम्पियनसिप सुरु हुनेछ । यो प्रत्येक वर्षको भदौमा आयोजना हुनेछ । यसका लागि कल्याणको परिवारले ६ लाख रुपैयाँ प्रदान गर्नेछ । यसबाट प्रत्येक वर्ष आउने वार्षिक ७० हजार रुपैयाँबाट प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना हुनेछ । प्रतियोगिताको पहिलो वर्ष ब्याज प्राप्त नहुने हुँदा उनको परिवारले ७० हजार रुपैयाँ प्रदान गर्नेछ ।

प्रतियोगिताको स्वरूप संघले नै निर्धारण गर्नेछ । खातामा पाण्डे अथवा उनका छोरा कुशलराज पाण्डे तथा संघका अध्यक्ष अथवा कोषाध्यक्षको हस्ताक्षर प्रयोजन गरिनेछ । लगातार दुई वर्षसम्म प्रतियोगिता आयोजना नभएको खण्डमा रकम परिवारले नै फिर्ता लैजानेछ ।

यो सम्झौतापछि हुने प्रतियोगिताले नेपालमा टेबलटेनिसको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने र यसले नेपाली खेलकुदमै नयाँ अनुकरणीय उदाहरण स्थापित हुने संघले विश्वास लिएको छ ।

प्रकाशित : असार ६, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?