कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

एसिया कप छनोट : नेपाल जोर्डनसँग पराजित

काठमाडौँ — नेपाल एसिया कप छनोट तेस्रो चरणको बिहीबार भएको खेलमा जोर्डनसँग २–० ले पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले सम्माजनक हार बेहोरेको हो ।

एसिया कप छनोट : नेपाल जोर्डनसँग पराजित

नेपालले पहिलो हाफमा बलियो जोर्डनलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने हार टार्न सकेन ।

जोर्डनको जितमा अलि ओल्वन र हाम्जा अल दारदौरले एक/एक गोल गरे । नेपालका लागि डेब्यु गरिरहेका गोलरक्षक दीप कार्कीले पहिलो हाफमा जोर्डनले गरेको पेनाल्टी प्रहारलाई गोल हुन दिएनन् । खेलको ४३ औं मिनेटमा मौसा मोहमदको पेनाल्टी बचाए । गौतम श्रेष्ठले मोहम्मद फैजललाई लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

ओल्वनले ६९ औं मिनेटमा पहिलो गोल गरे भने खेल सकिन आठ मिनेट अगाडि हाम्जाले पेनाल्टीबाट दोस्रो गोल थपे ।

सुमन अर्यालले मोहमद सुलेमानलाई लडाएपछि जोर्डनले पेनाल्टीको दोस्रो अवसर पाएको थियो । यो नतिजासँगै छनोटको समूह ‘ए’ मा जोर्डनले तीन अंक जोडेको छ । अब नेपालले कुवेत र इन्डोनेसियाको सामना गर्नेछ ।

प्रकाशित : जेष्ठ २६, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×