कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१२

मकवानपुर गोल्डकप : पुलिस अन्तिम आठमा

सुवास विडारी

मकवानपुर — नेपाल पुलिस क्लब हेटौंडामा जारी चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा प्रवेश गरेको छ ।

ए डिभिजन लिगको नवप्रवेशी टोली खुमलटार युवा क्बलमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै पुलिस अघिल्लो चरणमा पुगेको हो । पुलिसको जितमा अभिषेक रिजाल र भरत शाहले गोल गरे । रिजालले खेलको दोस्रो मिनेट र शाहले २३ औं मिनेटमा गोल गरेका थिए । खुमलटारका लागि अजित लामाले ८५ औं मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच खुमलटारका दिवस छन्त्याल घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : जेष्ठ २२, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?