२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

फ्रेन्डस्‌माथि एपीएफको फराकिलो जित

सुवास विडारी

मकवानपुर — हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत आइतबार बिहान भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ ।

फ्रेन्डस्‌माथि एपीएफको फराकिलो जित

एपीएफले फ्रेन्ड्स क्लब ललितपुरलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । एपीएफको जितमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए । एकपक्षीय खेलमा एपीएफका लागि लामाले खेलको २८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । विपक्षीले फल गरेपछि प्राप्त पेनाल्टीमा उनले गोल गरेका हुन् । ७६ औं मिनेटमा एपीएफका गुरुङ र खेलको अतिरिक्त समयमा थिङले गोल गरेका थिए ।

खेलको ५५ औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको थियो । फ्रेन्ड्सका रोशन पहारीले रेडकार्ड प्राप्त गर्दै मैदान छाड्न बाध्य भएका थिए । खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए । उनले दस हजार रुपैयाँ नगद प्राप्त गरे ।

शनिबारका लागि तोकिएको यस खेल वर्षात्‌का कारण अन्तिम समयमा स्थगित गरिएको थियो । आयोजक मकवानपुर जिल्ला फुटबल संघले दुवै क्लबका प्रतिनिधिको सहमतिमा आइतबार बिहान खेल भएको हो ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा पहिलो चरणको खेलहरु सञ्चालन भइरहेका छन् । आइतबार दिउँसो नेपाल पुलिस र खुमलटार एफसीबीच खेल हुनेछ । चौथो संस्करणको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल जेठ ३० गते हुनेछ ।

प्रकाशित : जेष्ठ २२, २०७९ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?