२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वर्षात्‌का कारण खेल स्थगित

सुवास विडारी

मकवानपुर — हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत शनिबारको खेल वर्षात्‌का कारण स्थगित भएको छ । ए डिभिजन टोली सशस्त्र प्रहरीको (एपीएफ) र फ्रेन्डस् क्लब काठमाडौंबीचको खेल दिनभरको वर्षात्‌का कारण मैदान हिलाम्मे भएपछि स्थगित गरिएको हो ।

वर्षात्‌का कारण खेल स्थगित

आयोजक मकवानपुर जिल्ला फुटबल संघले दुवै क्लबका प्रतिनिधिको सहमतिमा आइतबार बिहान ८:३० बजे स्थगित खेल गर्ने भएको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा पहिलो चरणको खेलहरु सञ्चालन भइरहेका छन् । आइतबार दिउँसो नेपाल पुलिस र खुमलटार एफसीबीच खेल हुनेछ । चौथो संस्करणको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल जेठ ३० गते हुनेछ ।

प्रकाशित : जेष्ठ २१, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?