कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल फाइनलमा पुग्यो गुजरात 

काठमाडौँ — डेविड मिलरले ३८ बलमा ६८ रन बनाएपछि गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मंगलबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

आईपीएल फाइनलमा पुग्यो गुजरात 

क्वालिफायर वानमा गुजरातलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । त्यसमा मिलरले लगातार तीन बलमा तीन छक्का प्रहार गरे । उनले कप्तान हाद्र्धिक पान्ड्यासँग १ सय ६ रनको नटआउट साझेदारी पनि गरे र टिमले १९.३ ओभरमा तीन विकेट गुमाएर १ सय ९१ रन बनाया ।

पान्ड्याले २७ बलमा ४० रन बनाए । अब राजस्थानले फाइनल प्रवेशको दोस्रो सम्भावानाका लागि क्वालिफायर टु खेल्नेछ । त्यस अगाडि राजस्थानले छ विकेटमा १ सय ८८ रन बनाएको थियो ।

त्यसमा जस बटलरले ५६ बलमा ८९ रन बनाए । यस्तै कप्तान सन्जु साम्पसनले ४७ रनको योगदान दिए ।

बुधबार पहिलो इलिमिनेटर हुनेछ । त्यसमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोर खेल्नेछन् । त्यसको विजेताले राजस्थानको सामना गर्नेछ । गुजरात प्रतियोगिताको नव प्रवेशी हो र पहिलो प्रयासमै पान्ड्याको टिम फाइनल पुगेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?