कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यू–२३ बास्केटबलमा अन्माइसको भेट रोयलसँग

काठमाडौँ — टाइम्स कलेज र अन्माइस नेपाल जीएए तेस्रो रोयल यू–२३ बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सोमबार टाइम्स समूह ‘बी’ विजेता र अन्माइस उपविजेता हुँदै सेमिफाइनल पुगे । टाइम्सले क्वेस्ट कलेजलाई ७८–३४ स्कोरले हरायो ।

यू–२३ बास्केटबलमा अन्माइसको भेट रोयलसँग

टाइम्सका मनीष केसीले १५ स्कोर गरे । क्वेस्टका आयोन स्थापित र रोजन वज्राचार्यले ८–८ स्कोर गरे ।

सुनील मगरको २४ स्कोर सहयोगमा अन्माइसले धरानको मेघा कलेजलाई ७८–६९ स्कोरले हरायो । सेमिफाइनलमा अन्माइसको भेट आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलसँग हुनेछ । अर्को सेमिफाइनल टाइम्स र विशाल मिलन केन्द्र (बीएमके) बीच हुनेछ ।

रोयलले इक्याब मेरिलियोन जिम्न्याजियमलाई ७१–४६ ले हराएर समूह ‘ए’ विजेता हुँदै सेमिफाइनल सुरक्षित गर्‍यो । रोयलका रवि पौडेलले २३ स्कोर जोडे । बीएमके समूह ‘ए’ उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । अर्को महत्त्वहीन लिग खेलमा शंकरदेव क्याम्पसले टिम सिंहमाथि ५४–३७ को जित पाउँदा लोकेन्द्रले १४ स्कोर गरेका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७९ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?