कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्वीलचियर बास्केटबल 

काठमाडौँ — ह्वीलचियर बास्केटबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा वाग्मती प्रदेशले उपाधि जितेका छन् ।

ह्वीलचियर बास्केटबल 

नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतियोगिताअन्तर्गत ५ टिम सहभागी पुरुषको राउन्ड रोबिन लिगमा गण्डकीले सर्वाधिक ६५ अंक जोड्यो ।

४६ अंकसाथ कर्णाली प्रदेश दोस्रो र ४४ अंकमा सुदूरपश्चिम प्रदेश तेस्रो भए । बौद्ध स्कुलमा भएको प्रतियोगिताको महिलामा लुम्बिनी दोस्रो भयो ।

विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदमा ५ खेलको प्रतियोगिता सम्पन्न भइसकेको छ । यसअघि दृष्टिविहीन गोलबल भएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?