कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एभरटनले जोगायो ईपीएल अस्तित्व

एजेन्सी

लन्डन — एभरटनले इंग्लिस प्रिमियर लिगमा आफ्नो अस्तित्व जोगाउने क्रममा बिहीबार क्रिस्टल प्यालेसलाई उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकालेको छ । एभरटनले गुडसन पार्कमा भएको खेलमा दुई गोलले पछाडि रहेको स्थितिबाट जित हात पारेको हो ।

एभरटनले जोगायो ईपीएल अस्तित्व

यो जितपछि उसको रेलिगेसन तनाव सकिएको छ । प्यालेसले जिन फिलिपे माटेटा र जोर्डन एयको गोलले दुई गोलको अग्रता लिएको थियो । एभरटनका लागि मिखेल किन, रिचार्लिसन र डोमिनिक क्लभर्ट लेविनले गोल फर्काए ।

लिग तालिकाको १६ औं स्थानमा रहने क्रममा एभरटनको ३९ अंक भएको छ । लिगमा रेलिगेसनमा पर्ने एक टिमको निर्णय हुन बाँकी छ र यो डरबाट बर्नली र लिड्स युनाइटेड गुज्रिने छन् । बर्नली र लिड्सको समान ३९ अंक छ ।

गोल अन्तरले बर्नली १७ औं स्थानमा । बिहीबारका अन्य खेलमा बर्नलीले एस्टन भिल्लासँग १–१ को बराबरी खेल्यो । यस्तै, चेल्सी र लेस्टर सिटीले पनि समान १–१ को बराबरी खेले ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?