१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

रोयल जित्दा रविको स्कोर

काठमाडौँ — आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले तेस्रो रोयल यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा विजय पाएको छ । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा बिहीबार रोयलले टिम सिंहलाई ७६–३० स्कोर अन्तरले पराजित गर्‍यो । रोयलका रवि पौडेलेले १९ स्कोर जोडे । रोयल दुवै संस्करणको विजेता हो ।

रोयल जित्दा रविको स्कोर

जेभियर, विशाल मिलन केन्द्र (बीएमके) र टाइम्स कलेजले पनि विजयी सुरुआत गरेका छन् । जेभियरले क्वेस्टलाई ५८–३८ ले हराउँदा जेभियरकासम्राट भूमिले सर्वाधिक २० स्कोर गरे । बीएमकेले शंकरदेव क्याम्पसलाई ५८–५० ले हरायो । बीएमकेका सोनम तेन्जिङले १९ स्कोर जोडेका थिए । अन्माइस नेपालविरुद्धको प्रतिस्पर्धामा टाइम्स ७७–४६ ले विजयी भयो । टाइम्सका मनीष केसीले १५ स्कोर जोडे ।

प्रतियोगिता आयोजक रोयलका सञ्चालकत्रय विनोद महर्जन, रविन खत्री र नृपेश श्रेष्ठले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । प्रतियोगितामा १० टिम सहभागी छन् । सहभागीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गराइएको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । विजेता टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । फाइनल बुधबार हुनेछ ।

महिला खुला बास्केटबल

गोदावरी अल्मुनाई एसोसिएसन (जीएए) को आयोजनामा फादर वाटरिन महिला खुला बास्केटबल शुक्रबार सुरु हुने भएको छ ।

रोयल शर्ट्स सेन्ट्रलको कोर्टमा हुने प्रतियोगितामा ४ टिमले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । रोयल, जेभियर, आईएसए नेपाल र नयाँबजार कीर्तिपुर प्रतिस्पर्धी हुनेछन् ।

राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थानमा रहने टिमले पुन: उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल बिहीबार हुनेछ ।


प्रकाशित : जेष्ठ ५, २०७९ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?