कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

युगान्डासँग नेपाल तेस्रो खेलमा पनि पराजित

विनोद पाण्डे

काठमाडौँ — युगान्डाले तेस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपाली महिला टोलीलाई ६ विकेटले पराजित गरी शृंखला ३–० ले जितेको छ । पहिलो दुई खेल हारेर नेपाल ५ खेलको शृंखलामा पछाडि परिसकेको थियो ।

युगान्डासँग नेपाल तेस्रो खेलमा पनि पराजित

युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले र दोस्रो खेलमा १ विकेटले पराजित गरेको थियो । शृंखला जित्नका लागि नेपालले यो खेल जित्नै पर्ने थियो । तर युगान्डाले १ सय रनको लक्ष्य १८.२ ओभरमा १ सय १ रन बनायो ।

केभिन अविनोले अविजित ४२ रन बनाउदैं युगान्डालाई जिताए । उनले ५१ बल खेली ४ चौका प्रहार गरे । त्यस्तै जेनेट एमबाबाजीले ३९ बलमा १ चौका र १ छक्कासहित २७ रन बनाइन् । नेपालबाट कविता कुँवरले २ तथा कप्तान रुविना क्षेत्री र इन्दु बर्माले १–१ विकेट लिइन् ।

यसअघि ज्योति पाण्डेको सानदार ब्याटिङमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९९ रन बनाएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ज्योतिले ५४ बलमा ४७ रन बनाउनेक्रममा ५ चौका प्रहार गरिन् । युगान्डासँगको जारी शृंखलामा नेपाली ब्याटरको यो उच्च स्कोर हो । रुविना १५ बलमा १८ रन बनाई अविजित रहदा २ चौका प्रहार गरिन् । विन्दु रावल ४, सीता रानामगर १२, इन्दु १, सरिता मगर शून्य, रोमा थापा र डली भट्ट ३ तथा कविता कुँवर शून्यमा आउट भइन् ।

युगान्डाबाट कप्तान कोन्की अवेको र फिओना कुलुमेले २–२ विकेट लिए । कोन्कीले ४ ओभरमा २२ र कुलुमेले ४ ओभरमा २३ रन खर्चे ।

प्रकाशित : जेष्ठ ५, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?