कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वेस्ट ह्यामसँग सिटीको बराबरी

काठमाडौँ — वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई आइतबार २–२ को बराबरीमा रोकेको छ । सिटीले दुई गोलले पछाडि रहेको स्थितिबाट बराबरी निकालेको हो ।

वेस्ट ह्यामसँग सिटीको बराबरी

जितले सिटीको ३७ खेलबाट ९० अंक भएको छ । यो दोस्रो स्थानमा रहेको लिभरपुलमाथि चार अंकको अग्रता हो । वेस्ट ह्यामले जेरड बोवेनको दुई गोलमा पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो ।

दोस्रो हाफमा सिटीका लागि ज्याक ग्रेलिसले पहिलो गोल गरे भने अर्को गोल आत्मघाती रह्यो । आइतबारका अन्य खेलमा लेस्टरले वाटफोर्डलाई ५–१ र टोटनहमले बर्नलीलाई १–० ले हरायो । लिभरपुलले सिटीभन्दा १ खेल कम खेलेको छ ।

यस्तै एस्टन भिल्ला र क्रिस्टल प्यालेस, लिड्स र ब्राइट तथा उल्भ्स र नर्विचले समान १–१ को बराबरी खेले ।

प्रकाशित : जेष्ठ १, २०७९ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?