कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल : गुजरातको दसौं जित

काठमाडौँ — ऋद्धिमन शाहको नटआउट अर्धशतकमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई सात विकेटले पराजित गरेको छ । यो प्रतियोगिताको नवप्रवेशी गुजरातको दसौं जित रह्यो ।

आईपीएल : गुजरातको दसौं जित

जितपछि अंकतालिकाको पहिलो स्थानमा रहेको गुजरातको २० अंक भएको छ । जितका लागि १ सय ३४ रन पछ्याइरहेको गुजरातले १९.१ ओभरमा तीन विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

त्यसमा ऋद्धिमनले ६७ रन बनाए । त्यस अगाडि चेन्नईले पाँच विकेटमा १ सय ३३ रन बनाएको थियो । त्यसमा ऋतु गाइक्वाडले ५० रनको योगदान दिए । चेन्नईका कोही पनि ब्याटर खुलेर खेल्न सकेनन् ।

प्रकाशित : जेष्ठ १, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?