कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार दुर्घटनामा साइमन्ड्सको निधन

एएफपी

सिड्नी — अस्ट्रेलियाका आक्रामक अलराउन्डर एन्ड्रयु साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको छ । स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् ।

कार दुर्घटनामा साइमन्ड्सको निधन

सेन वार्न र रड मार्सको हालैको निधनयता अस्ट्रेलियन क्रिकेटले एक अर्को स्टार पूर्व खेलाडीलाई गुमाएको हो ।

अस्ट्रेलियाका लागि २६ टेस्ट र १ सय ९८ वान डे खेलेका ४६ वर्षीय साइमन्ड्स क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार कार उनले नै हाँकेका थिए र एक्लै थिए । दुर्घटनापछि उनलाई बचाउन प्रयास भए पनि त्यो सफल रहेन र उनको निधन भएको थियो ।

उनका साथी खेलाडी जेसन गिलेप्सीले अस्ट्रेलियन क्रिकेटका लागि यो निकै खराव समाचार रहेको ट्विट गरेका छन् । यस्तै एडम गिलक्रिस्ले पनि आफू निकै दुखित भएको प्रतिक्रिया दिएका छन् । पाकिस्तानका पूर्व फास्ट बलर सोएब अख्तरले पनि साइमन्ड्सका निधनले आफू स्तब्ध भएको बताएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?