कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्सनललाई पराजित गर्दै टोटनहम शीर्ष चारमा कायम

एएफपी

लन्डन — ह्यारी केनको दुई गोलको मद्दतले टोटनहमले बिहीबार १० खेलाडीमा सीमित आर्सनललाई ३–० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको सम्भावनालाई कायम राखेको छ ।

आर्सनललाई पराजित गर्दै टोटनहम शीर्ष चारमा कायम

टोटनहमले एन्टोनियो कोन्टेको यो खेल गुमाएको भए शीर्ष चारको सम्भावना समाप्त हुने थियो । आर्सनल भने यो खेलमा विजयी रहेको भए उसको च्याम्पियन्स लिगमा छनोट हुने निश्चित हुन्थ्यो ।

टोटनहमका लागि केनसँग सन ह्वेङ–मिनले एक गोल गरे । आर्सनलले सन् २०१६–२०१७ यता च्याम्पियन्स लिग खेलेको छैन । जितले टोटनहमको ६५ अंक भयो भने आर्सनल अझै ६६ अंकमा चौथो स्थानमा छ ।

प्रकाशित : वैशाख ३०, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?