कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सागकी स्वर्ण विजेता सञ्जु मृत भेटिइन्

काठमाडौँ — नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत भेटिएकी छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसका अनुसार सञ्जु बिहान झुन्डिएको अवस्माथामा मृत फेला परेकी हुन् ।

सागकी स्वर्ण विजेता सञ्जु मृत भेटिइन्

भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको लुभुस्थित घरमा उनलाई मृत अवस्थामा पाइएको हो । अघिल्लो दिन मात्र उनी आफ्नो प्रशिक्षकको घरमा भोज खान गएकी थिइन् र त्यहीँ बसेकी थिइन् ।

भोजमा अध्यक्ष बोस पनि सामेल थिए । नेपालगञ्जकी सञ्जु एसियाली खेलकुदको तयारीका लागि काठमाडौं आएकी थिइन् ।

उनले दुई वर्ष अगाडि भएको दक्षिण एसियाली खेलकुदमा ५९ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् । उनलाई नेपाली भारोत्तोलनल पाएका महिला खेलाडीहरूमा सबैभन्दा उत्कृष्टमध्ये एक मानिन्छ ।

प्रकाशित : वैशाख २७, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×