२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

म्यानचेस्टर र चेल्सीको बराबरी

एएफपी

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेड र चेल्सीले इंग्लिस प्रिमियर लिगमा बिहीबार १–१ को बराबरी खेलेका छन् । चेल्सी स्पष्ट जित निकाल्न असफल रहे पनि उसको युरोपेली च्याम्पियन्स लिगमा छनोट लगभग तय भएको छ ।

म्यानचेस्टर र चेल्सीको बराबरी

चेल्सीले मार्को एलोन्सोको गोलले अग्रता लिग लगतै म्यानचेस्टरका लागि क्रिस्टियानो रोनाल्डोले बराबरी गोल फर्काए । यो नतिजापछि तेस्रो स्थानमा रहेको चेल्सीले पाँचौंमा रहेको टोटनहममाथि आठ अंकको अग्रता खोलेको छ ।


लिगमा पाँच चरणका खेल बाँकी छन् । म्यानचेस्टरको भने शीर्ष चारको सम्भावना कमजोर भइसकेको छ र चौथो स्थानमा रहेको आर्सनल भन्दा पाँच अंकले पछाडि छ ।

प्रकाशित : वैशाख १६, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?