कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

पौडी प्रतियोगिता वैशाख २२ र २३ गते

काठमाडौँ — २४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता बैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ र २३ गते हुने जनाएको हो ।

पौडी प्रतियोगिता वैशाख २२ र २३ गते

प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ । प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरी करिब १ सय ५० जना खेलाडीको सहभागिता हुने संघले जनाएको छ ।

दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९ औ विश्व पौडी प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र चीनमा हुने एसियन गेम्सलाई मध्यनजर गरेर आयोजना गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएको छ ।

यस प्रतियोगिता १९ औं विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एसियाली खेलको लागि पहिलो चरणको छनौट प्रतियोगिता समेत रहेको संघले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले नगद १० हजार प्राप्त गर्ने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए ।

प्रकाशित : वैशाख १५, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×