कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

चार वर्षपछि खुल्यो पौडी पोखरी

काठमाडौँ — सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे । मर्मत सम्भार र कोभिड महामारीलगायतका कारण ४ वर्षपछि सर्वसाधारणलाई पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो ।

चार वर्षपछि खुल्यो पौडी पोखरी

पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले जनाएका छन् । उनका अनुसार १०–१२, १–३ र ४–७ बजेसम्म गरी तीन सिफ्टमा पौडी पोखरी सञ्चालन गरिने छ । पौडीपोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफगार्डलगायत सुविधा रहेको जनाइएको छ । सदस्यसचिवले सुरक्षा र प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले चलाउन निर्देशन दिए ।

प्रकाशित : वैशाख १३, २०७९ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×