कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

पुलिसले तोड्यो एपीएफको दबदबा

धनगढी — इन्ज्युरी समयमा निर्मला विकले गरेको गोल मद्दतमा नेपाल पुलिस क्लबले शनिबार विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई १–० ले पराजित गर्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाईसी महिला गोल्डकप प्रतियोगिता जितेको छ ।

पुलिसले तोड्यो एपीएफको दबदबा

पुलिसले यससँगै घरेलु महिला फुटबलमा एपीएफको दबदबा तोडेको छ । अन्तिम दुई मिनेट बाँकीमा अनमार्क रहेकी निर्मलाले लामो दुरीमा प्रहार गरेको बल दोस्रो बार च्याप्दै आकर्षक ढंगले गोल परिणत भयो ।

उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भइन् । उनले ५० हजार रुपैयाँ पुरस्कार पाइन् । पुलिसकी पूजा राना उत्कृष्ट रक्षक, एपीएफकी सरु लिम्बू उत्कृष्ट मिडफिल्डर, एपीएफकै सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता

(६ गोल), पुलिसकी उषा नाथ उत्कृष्ट गोलरक्षक, पुलिसका प्रशिक्षक सञ्जीव जोशी उत्कृष्ट प्रशिक्षक र आयोजक वनदेवी युवा क्लबकी गोलकिपर कबिता विक उदीयमान खेलाडी भए । विधागत विजेताले जनही १० हजार रुपैयाँ प्राप्त गरे । च्याम्पियन पुलिसले ५ लाख र उपविजेता एपीएफले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : वैशाख ११, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?