कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मुम्बईले नचाहेको कीर्तिमान

पीटीआई

मुम्बई — इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा सफल टिम हो मुम्बई इन्डियन्स । यही टोली जारी संस्करणमा सबैभन्दा बिर्सनलायक लयबाट गुज्रिइरहेको छ । बिहीबार मात्रै मुम्बईले लगातार सातौं हार बेहोरेको थियो, चेन्नई सुपर किंग्सविरुद्ध ।

मुम्बईले नचाहेको कीर्तिमान

यससँगै प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा खराब सुरुआतको नचाहिँदो कीर्तिमान पनि बनेको छ । ईपीएलको सुरुआती सिजनको पहिलो लगातार ७ खेलमा कुनै पनि टोली यसरी पराजित रहेको यो पहिलोपल्ट हो । समग्रकै कुरा गर्दा पनि मुम्बई एकै संस्करणमा लगातार ६ वा त्यो भन्दा बढी खेल गुमाउने सातौं टिम भएको छ । यो कसैको पनि रूचि नभएको कीर्तिमान यसअघि सन् २००८ मा डेक्कन चार्जर्सको थियो, जतिबेला टोलीले पनि ७ खेल गुमाएको थियो । सन् २०१५ मा पन्जाब किंग्स यही नियतिबाट गुज्रियो । दिल्लीले यस्तो स्थिति तीनपल्ट बेहोरेको छ । दिल्लीले २०१३ मै दुई अवसरमा ६–६ खेल गुमाएको थियो । २०१४ मा दिल्लीले लगातार ९ खेलमा हार बेहोरेको थियो ।

सन् २०१२ र २०१३ बीच पुने वारियर्सले पनि लगातार ९ खेलमा हारको मुख हेर्नुपर्‍यो । अझ कोलकाता नाइट राइडर्स पनि सन् २००९ मा लगातार ९ खेलमा अचम्मले पराजित भएको थियो । यसपल्ट मुम्बईलाई लिएर फरक के भने यो प्रतियोगिताकै सबैभन्दा सफल टिम हो । अहिले पनि यो टिममा धेरै खोट लगाउने स्थान छैन, तर यही यति धेरै नमीठो लयबाट गुज्रिइरहेको छ । झन त्यसमाथि यी सबै हार प्रतियोगिता सुरु भएदेखिका हुन् । त्यसको अर्थ अब मुम्बईलाई सच्चिन पनि गाह्रो छ । २०१४ मा पनि मुम्बई लगातार ५ खेलमा पराजित थियो, तर त्यो सिजन मुम्बई प्लेअफमा छनोट हुन सफल रहेका थियो । यस्तोमा प्रश्न छ, के यो सिजन २०२२ मा मुम्बई प्लेअफका लागि छनोट हुने छ त ? मुम्बईले ७ खेल गुमाइसकेको अर्थ हो, टोलीले प्रतियोगितामा लिग चरणका आफ्ना लगभग आधा खेल खेलिसकेको छ । मुम्बईले अब सातै खेलमात्र खेल्न बाँकी छ ।

यस्तो भन्न सकिन्छ, मुम्बईलाई प्लेअफमा छनोट हुन सजिलो मात्र छैन । लगभग असम्भवजस्तै छ । अहिलेसम्म भएका प्रतियोगिताको तथ्यांक केलाउने हो भने पनि प्लेअफमा पुग्न १४ देखि १६ अंक चाहिन्छ । लगभग १६ अंकले प्लेअफमा छनोट हुने निश्चित आधार तयार हुन्छ । यदि १४ अंकमा कुनै टिम रहन्छ भने उसलाई प्लेअफमा पुग्न राम्रो नेट रनरेट पनि उत्तिकै आवश्यक पर्छ । अझ भनौं, १४ अंकमा प्लेअफको मुख्य आधार नै प्लेअफ हो ।

अब मुम्बईले लगातार ७ खेल जित्छ भने पनि १६ अंक हुने छैन । अहिले यति खराब लयमा रहेको टिमले कसरी बाँकी सबै ७ खेल जित्छ भनेर कल्पना गर्न सकिन्छ ? यस्तोमा यो सम्भव नै भएको छ । त्यसैले अब स्थिति के भएको छ भने मुम्बईले यो सिजनलाई बिर्सेकै राम्रो र अबको नयाँ सिजनमा ध्यान केन्द्रित गर्नुमै ठीक । तर मुम्बई जत्तिको टिमले आफ्नो प्रतिष्ठाका लागि त खेल्नुपर्ने हुन्छ, टोलीको उद्देश्य अबका खेलमा राम्रो खेल्ने त हुनैपर्छ ।

प्रकाशित : वैशाख १०, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?