कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

तीन वर्षपछि राखेपको बोर्ड बैठक

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक सुरु भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ ।

तीन वर्षपछि राखेपको बोर्ड बैठक

राखेपको बोर्ड बैठक तीन वर्षदेखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो ।

राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिइ । खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षता बसिरहेको बैठकले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागिताको विषय गरि मुख्य दुई प्रस्तावमा छलफल गरेर निर्णय लिने बताइएको छ ।

राखेपको सदस्य सचिव र बोर्ड सदस्यको विवादका कारण लामो समय देखि बोर्ड बैठक बस्न सकेको थिएन । खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुईपटक बस्नुपर्ने व्यवस्था छ । राखेपको बोर्ड बैठकलाई खेलकुद सम्बन्धी नीति, आगामी योजना, बजेट तथा कार्यक्रम तर्जुमा गरी पास गर्ने अख्तियारी पनि खेलकुद ऐनले दिएको छ ।

प्रकाशित : वैशाख ९, २०७९ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×