कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्लेसिस चम्केपछि बेंगलोर विजयी

एएफपी

मुम्बई — कप्तान फाफ डे प्लेसिस ब्याटबाट चम्केपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिगमा मंगलबार लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ । दक्षिण अफ्रिकी ब्याटरले ९६ रन बनाए र बेंगलोरले छ विकेटमा १ सय ८१ रन बनाएको थियो ।

प्लेसिस चम्केपछि बेंगलोर विजयी

विराट कोहली आफूले सामना गरेको पहिलो बलमै शून्यमा आउट भएपछि प्लेसिसले ६४ बलमा ११ चौका र दुई छक्का प्रहार गरे । त्यसपछि जस हेजलउडले २५ रनमा चार विकेट लिएपछि लखनउले आठ विकेटमा १ सय ६३ रन मात्र बनाउन सक्यो ।

त्यसमा क्रुनाल पान्ड्याले बनाएको ४२ रन नै उच्च रह्यो । बेंगलोरको इनिङ्समा भने ३७ वर्षीय प्लेसिसले साहबाज अहमदसँग पाँचौं विकेटका लागि ७० रनको साझेदारी गरे ।

अहमदले २६ रनको योगदान दिए । त्यसपछि उनले लयमा रहेका दिनेश कार्तिकसँग पनि थप ४९ रनको साझेदारी गरे । यो जितपछि बेंगलोर १० अंकमा लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । लखनउ भने आठ अंकमा चौथो स्थानमा छ ।

प्रकाशित : वैशाख ७, २०७९ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?