कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

कबड्डीमा आर्मी र एपीएफ भिड्ने

धनगढी — मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुनव आर्मी क्लब र नेपाल एपीएफ क्लब भिड्ने भएका छन् ।

कबड्डीमा आर्मी र एपीएफ भिड्ने

अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार फाइनल हुनेछ ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा मंगलबार लिग चरणका खेल र सेमिफाइनल खेल भए । पहिलो सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४५–१२ अंकले हरायो । एपीएफले सुदूरपश्चिममाथि ३७–३२ अंकको जित पायो ।

सर्वाधिक धनराशिको प्रतियोगिता विजेताले १ लाख ५० हजार र उपविजेताले ८० हजार र सेमिफाइनल पुगेका दुई टोलीले समान ४० हजार रुपैयाँ पाउनेछन् ।


प्रकाशित : वैशाख ६, २०७९ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?