कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

टीका भैरव सो क्योकुसिनलाई ४ स्वर्ण

काठमाडौँ — आयोजक टीका भैरव सो क्योकुसिन कराते डोजोले पाँचौं टीका भैरव राष्ट्रव्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक ४ स्वर्ण जितेको छ । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो । स्वर्णका अलावा टीका भैरवले २–२ रजत र कास्य पनि जित्यो ।

बाँकी १–१ स्वर्ण वज्रबाराही र केन्द्रीय डोजोले जिते । गोदावरी नगरपालिकाको टीका भैरवमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा टीका भैरवका अमृत नगरकोटी पहिलो भए । फाइनलमा उनले आफ्नै डोजोका निरोज नगरकोटीलाई पराजित गरे । ४० केजीमा टीका भैरवका निरन स्याङ्तानले फाइनलमा टीका भैरवकै विजय स्याङ्तानलाई हराउँदै शीर्ष स्थान हात पारे ।

५० केजीको फाइनलमा टीका भैरवका सुदीप मगरले पाथीभराका सुनिल तामाङलाई हराए । ५५ केजीमा वज्रबाराहीका जयराम भुलनले पहिलो स्थान हात पारे । उनले फाइनलमा आईकेकेएफका मनीष कार्कीको चुनौती समाप्त पारे । खुलामा टीका भैरवका अजय तामाङ च्याम्पियन बने ।

प्रकाशित : वैशाख १, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×