कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

लिभरपुल र सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ — इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर सिटीले बुधबार युरोपेली च्याम्यिन्स लिगको सेमिफाइनल यात्रा तय गरेका छन् । क्वाटरफाइनल पहिलो लेगमा अगाडि रहेका दुवै टिमले दोस्रो लेगमा बराबरी खेले ।

लिभरपुल र सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

लिभरपुलले बेनफिकासँग ३–३ को रोमाञ्चक बराबरी खेल्यो । उसका लागि इब्राहिम कोनाटेले एक तथा रोबर्टो फिरमिनोले दुई गोल गरे । यस्तै बेनफिकाका लागि माटिस रामोस, यरमचुक र नुनेजले गोल गरे । यो नतिजापछि लिभरपुल समग्रमा ६–४ ले अगाडि रह्यो ।

अर्को खेलमा एटलेटिको म्याड्रिड र सिटीले गोलरहित बराबरी खेले । सिटी समग्रमा १–० ले अगाडि रह्यो ।अब अन्तिम चारमा रियल म्याड्रिडले सिटी तथा भिल्लारियलले लिभरपुलको सामना गर्नेछ ।

प्रकाशित : वैशाख १, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?