कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल : चेन्नईको पहिलो जित

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले मंगलबार इन्डियन प्रिमियर लिग २०२२ मा पहिलो जित निकालेको छ । चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले हरायो ।

आईपीएल : चेन्नईको पहिलो जित

लगातार चार हारपछि चेन्नईले पहिलो जित हात पारेको हो । चेन्नईले दिएको २ सय १७ रनको लक्ष्यसामु बेंगलोर २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।

बेंगलोरका लागि साहबज अहमदले सर्वाधिक ४१ रन जोडे । यस अगाडि चेन्नईले चार विकेट गुमाएर २ सय १६ रन बनाएको थियो र यसमा शिवम दुवेले ४६ बलमा ९५ र रोबिन उथप्पाले ५० बलमा ८८ रन जोडे ।उनीहरूले तेस्रो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरे ।

प्रकाशित : चैत्र ३०, २०७८ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?