२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

पुलिसलाई ८ स्वर्ण

काठमाडौँ — आठ स्वर्णसहित नेपाल पुलिस क्लब प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । पुलिसले ४ कांस्य पनि जित्यो । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ त्रिभुवन आर्मी क्लब दोस्रो र ३ स्वर्ण, ५ रजत र ६ कांस्यसहित एपीएफ क्लब तेस्रो भए ।

पुलिसलाई ८ स्वर्ण

१ स्वर्ण, २ रजत र ७ कांस्यसाथ वाग्मती प्रदेश चौथो र १ स्वर्ण, १ रजत र ५ कांस्यसाथ प्रदेश १ पाँचौं भए । लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशले पदक जित्दा गण्डकी र कर्णाली पदकविहीन रहे । प्रतियोगितामा १३ औं सागकी स्वर्ण विजेता कुसुम खड्का र प्रदेश १ का रोजन खड्का सर्वोत्कृष्ट खेलाडी चुनिए । कुसुमले ४५ केजी महिला कुमुते र रोजनले ८४ केजीमुनि तौलमा स्वर्ण जितेका थिए । कर्णालीकी एसिला रासकोटी मगरले एकल काता, टिम र कुमुते तीनै इभेन्टमा भाग लिएकी थिइन् ।

शनिबार पुरुष ५० केजी तौलमा साजन मोक्तान विजेता भए । उनले फाइनलमा एपीएफका वीरबहादुर तामाङलाई ८–० ले नकआउट गर्दै स्वर्ण जिते । नवीन रसाइलीले ६७ केजी तौलको फाइनलमा एपीएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै स्वर्ण जिते । महिला ६१ केजीमा एपीएफकी एस्टर राईलाई १३–३ ले नकआउट गर्दै आर्मीकी शान्ता श्रेष्ठले स्वर्ण जितिन् । एपीएफका विजय श्रेष्ठले पुरुष ४४ केजीमा वाग्मती प्रदेशका सुविन खत्रीलाई ५–२ ले हराएर स्वर्ण जिते । नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर जिल्ला प्रमुख डोजोद्वारा आयोजित प्रतियोगितामा २१ स्वर्णलाई प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित : चैत्र २७, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?