१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बेंगलोरसँग मुम्बईको लगाचार चौथो हार

एजेन्सी

पुना — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा शनिबार रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सात विकेटले पराजित गरेको छ । यो जितपछि बेंगलोर अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । मुम्बईको भने यो लगातार चौथो हार हो ।

बेंगलोरसँग मुम्बईको लगाचार चौथो हार

आईपीएल इतिहासकै सबैभन्दा सफल दुई टिम मुम्बई र चेन्नाई सुपर किंग्स दुवै जितहीन छन् भने दुवैले समान चार हार बेहोरेर पुछारमा रहेका छन् । बेंगलोरको भने ६ अंक भएको छ ।

पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादवको ६८ रनको मद्दतले ६ विकेटमा १ सय ५१ रन बनाएको थियो । जवाफमा बेंगलोरले १८.३ ओभरमा तीन विकेट गुमाएर १ सय ५२ रन बनायो ।

विजयी टिमका लागि अनुज रावतले ६६ र विराट कोहलीले ४८ रन बनाए । उनीहरूले दोस्रो विकेटका लागि निर्णायक ८० रनको साझेदारी गरे ।

प्रकाशित : चैत्र २७, २०७८ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?