१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

गल्फमा महेन्द्रलाई सफलता

काठमाडौँ — गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न भारतीय दूतावास आमन्त्रण गल्फमा १२ ह्यान्डीक्यापका महेन्द्र मैनाली सर्वाधिक ४१ अंक जोड्दै पहिलो भएका छन् । 

स्टेबलफोर्ड ३/४ ह्यान्डीक्यापका आधारमा आयोजित सोसल गल्फमा १५ वर्षीय सद्भाव आचार्यले ग्रसतर्फ सबैभन्दा बढी ३८ अंक जोडे । उनले चार बर्डी खेल्दै एक डबल बोगी बेहोरे । महिलातर्फ कश्मिरा शाह ३७ अंकसहित पहिलो भइन् । यसमा रेखा घिमिरे ३३ अंक जोड्दै दोस्रोमा रहिन् ।

सिनियरतर्फ (६० वर्षमाथि) प्रदीपकुमार श्रेष्ठ ३६ अंक बटुल्दै पहिलो भए । विजय श्रेष्ठ आइन्हाउसले सर्वाधिक बर्डी, पूर्णबहादुर राईले क्लोजेट टु द पिन र दावा जाङ्बु शेर्पाले लङ्गेस्ट ड्राइभको पुरस्कार हात पारे । सुरुका ९ होलमा महेशविक्रम कार्कीले सर्वाधिक २३ अंक बनाए भने पछिल्ला ९ होलमा वाङचेन ढोन्डुपले १८ अंकको उत्कृष्ट नतिजा निकाले । सबभन्दा बढी १३ होलमा चार्ली गुरुङले पार खेले । भारतीय दूतावासद्वारा आयोजित दुई दिने सोसल गल्फमा ८२ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : चैत्र २७, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?