२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ट्वान्टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई

विनोद भण्डारी

विराटनगर — मधेस प्रदेशको राजविराज नगरपालिकाले प्रथम मेयर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा राजविराजले मधेस प्रदेशकै जनकपुर उपमहानगरलाई १० रनले हराउँदै १ लाख १ हजार नगदसहित ट्रफी हात पारेको हो ।

ट्वान्टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई

दोस्रो हुँदै जनकपुरले ५१ हजारमा चित्त बुझायो । विराटनगर महानगरपालिकाको आयोजना र होराइजन क्रिकेट क्लबको प्राविधिक सहयोगमा बैजनाथपुर खेल मैदानमा आयोजकलाई हराएर उपाधि यात्रा थालेको राजविराजले टस जितेर पहिला ब्याटिङ गर्दा जनकपुरका सुमन रायको कसिलो बलिङसामु ८ विकेट गुमाएर ९७ रनको सामान्य योगफल तयार गर्‍यो ।

राजविराजका लागि विवेश यादवले २१, भेट्रान खेलाडी महबुव आलमले १४, अभिषेक कार्कीले १३ र अमित यादवले ११ रनको योगदान गरे । रायले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवको नाममा समान दुई विकेट रह्यो ।

९८ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले ७ विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो । विरगन्ज महानगरलाई पराजित गर्दै फाइनलमा पुगेको जनकपुरका लागि विशाल सुस्लिमले ३३, विक्रान्त यादवले अविजित १९ रनको योगदान गरे । उसका लागि अकवर अली र रन्जित यादवले समान ११ रनको पारी खले । वलिङमा राजविराजका विकास दासले ३, विवेक यादवले १ र महबुव आलमले १ विकेट झारे ।

राजविराजका विवेक यादव म्यान आफ द फाइनल भए । म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित हुँदै ११ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट ब्याटर राजविराजका विकास दास र उत्कृष्ट बलर राजविराजकै अनिल यादव घोषित भए । उनीहरु दुवैले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए । विजयी टिमलाई महानगर प्रमुख भीम पराजुलीले पुरस्कार र ट्रफी वितरण गरेका थिए । प्रतियोगितामा प्रदेश १ र मधेस प्रदेशका दुई महानगरपालिकासहित ६ नगरको सहभागिता थियो ।

प्रकाशित : चैत्र २६, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?