कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चैत २६ गते जुम्ला रारा अल्ट्रा म्याराथन हुने

डीबी बुढा

जुम्ला — यही चैत २६ गते कर्णालीमा तेस्रो पटक जुम्ला रारा अल्ट्रा म्याराथन हुने भएको छ । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने ध्येयले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन भइरहेको छ । 

चैत २६ गते जुम्ला रारा अल्ट्रा म्याराथन हुने

कर्णाली स्पोर्ट्स क्लब जुम्लाको आयोजनामा हुन लागेको जुम्ला रारा अल्ट्रा म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्ने भएका छन् । क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।

कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले खेलकुदको महत्त्व दर्शाउन र समग्र समाजमा खेल संस्कृतिको विकास गराउन म्याराथनको ठूलो भूमिका हुनेमा जोड दिए । म्याराथनले कर्णालीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

कर्णाली स्पोर्ट्स क्लबका अनुसार हालसम्म ४९ किलोमिटरको म्याराथनमा दौडनका लागि ६० जनाले नाम दर्ता गरेका छन् । ५ किलोमिटर दौडका लागि १५६ जना र ५ किलोमिटर खुला दौडका लागि २ सय बढी खेलाडीले सहभागिता जनाउने भएका हुन् ।

म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाउने बताइएको छ । त्यस्तै द्वितीयले ६२ हजार ५ सय, तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ६ हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित : चैत्र २४, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×