कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी उपाधि नजिक

आर्मीले उपाधिका लागि मनाङ र सगरमाथा युथबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने
सुम्निमा चाम्लिङ

इटहरी — त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १२ औं आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । बुधबार पहिलो सेमिफाइनलमा रोलिङ क्लब धुलाबारी झापालाई २–१ ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

आर्मी उपाधि नजिक

आर्मीले उपाधिका लागि मनाङ मर्स्याङ्दी र सगरमाथा युथ क्लब मोरङबीच हुने सेमिफाइनल विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

बुधबार प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । आर्मीका टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले समान एक गोल गरे । रोलिङबाट इन्ज्युरी समयमा मार्टिन एसले एक गोल फर्काए । विशाल राई, आयुश घलानजस्ता भरपर्दा खेलाडी मैदानमा उतारे पनि फिनिसिङ कमजोर हुँदा रोलिङको फाइनल यात्रा टुंगिएको छ ।

पहिलो मिनेटमा टेकबहादुर बुढाथोकीले गरेको हेड बल पोस्ट नजिकबाट बाहिरियो । नवौं मिनेटमा फ्रिकिकमा आर्मीका सन्तोष तामाङले गरेको प्रहार रोलिङका गोलरक्षक मनोज प्रधानले जोगाए । १३ औं मिनेटमा सन्तोषकै खेल गयो ।

४२ औं मिनेटमा विवेक बस्नेतले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । आर्मीले पहिलो हाफमा थुप्रै अवसर गुमायो ।

दोस्रो हाफको पाँचौं मिनेटमा आर्मीका सन्तोष तामाङको फ्रिकिक प्रहारमा टेकबहादुर बुढाथोकीले गोल गरेर टिमलाई अग्रता दिलाए । २७ औं मिनेटमा टेकबहादुरको वान टच प्रहार पोस्ट बाहिर जाँदा आर्मीले थप गोल गर्ने अवसर गुमायो ।

आर्मीले गोल गरेपछि रोलिङ दबाबमा देखियो । बराबरीमा ल्याउन रोलिङले लगातार अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर रह्यो । दोस्रो हाफको ४४ औं मिनेटमा रोलिङका गोलरक्षक मनोज प्रधान बिट भएको अवस्थामा सन्तोष तामाङले वान टचमै गोल गर्दै टिमलाई जित नजिक पुर्‍याए ।

पहिलो हाफको २१ औं मिनेटमा रोलिङका मार्टिन एसको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाए । ३१ औं मिनेटमा फोफना फोडेले मिलाएको पासमा मार्टिन फिनिसिङमा चुक्दा अवसर गुम्यो । ४४ औं मिनेटमा मार्टिनले गरेको प्रहार क्रसबारमा ठोक्किँदा अग्रता लिनबाट चुकेको थियो ।

दोस्रो हाफको १९ औं मिनेटमा कुलदीप कार्कीले गरेको प्रहार पोस्ट माथिबाट गयो । विशाल राईले ३१ औं मिनेटमा गरेको प्रहार आर्मीका गोलरक्षक विकेशले जोगाए । इन्ज्युरी समयमा मार्टिन एसले एक गोल फर्काए । म्याद अफ द म्याच आर्मीका टेकबहादुर बुढाथोकी भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बिहीबार मनाङविरुद्ध सगरमाथा युथ क्लब भिड्ने छन् ।

प्रकाशित : चैत्र २४, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?