कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट : वीरगन्ज र जनकपुर सेमिफाइनल प्रवेश

विनोद भण्डारीे

विराटनगर — विराटनगरमा जारी प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा बुधबार वीरगन्ज र जनकपुर विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।वीरगन्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गरेको छ । लगातार दुई खेल हारेको मेचीनगर प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट : वीरगन्ज र जनकपुर सेमिफाइनल प्रवेश

झापा समूह 'बी'को पहिलो खेलमा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो । यो समूहबाट वीरगन्जसँगै आयोजक विराटनगर सेमिफाइनरमा प्रवेश गरेको छ । विराटनगर र वीरगन्जवीच समूह विजतेको लागि बिहीबार लिगको अन्तिम खेल हुनेछ ।

टस जितेर ब्याटिङ गरेको वीरगन्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २८ रन बनाएको थियो । वीरगन्जका लागि हसिम अन्सारीले ३७ बनाउँदा साहिल पटेलले ३२ रन जोडे । पटेलले १४ बलमा २ छक्का र २ चौका प्रहार गरे । झापाका अंकित सुवेदीले ३ विकेट लिँदा विशाल आचार्यको नाममा २ विकेट रह्यो ।

१ सय २९ रनको लक्ष्य पाएको झापाले ३ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो । झापाका लागि सुभाष उराँवले अविजित ४५ रन बनाउँदा अंकित सुवेदीले ३३ र अनिल लामिछानेले अविजित २६ रन बनाए । वीरगन्जका म्यान अफ द म्याच हसिम अन्सारी ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए ।

दोस्रो खेलमा जनकपुरले सुनसरीको इनरुवालाई ७ विकेटले पराजित गर्‍यो । जनकपुर एक खेल पहिला नै सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेलमा पराजित भएसँगै इनरुवा प्रतियोगिताबाट बाहिरिएको छ । समूह 'ए' मा जनकपुरसँगै राजविराज पनि सेमिफानल प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ११ रनको सामान्य योगफल तयार पार्‍यो । उसका लागि विवेक मेहताले ४७ रन बनाउँदा रविन मण्डल २५ रनमा अविजित भए । जनकपुरका साइमन राँय र हरिशंकर साहले समान २–२ विकेट झार्दा दिनेश सहनी र सुमित मण्डलले १–१ विकेट लिए ।

१ सय १२ रनको सामान्य लक्ष्य पाएको जनकपुरले १८ दशमलव ३ बलमा ३ विकेट गुमाई विजयी लक्ष्य भेट्टाएको थियो । जनकपुरका लागि म्यान अफ म्याच हिमान्सु दत्त ४२ रनमा अविजित हुँदा हरिशंकर साहले ३३ रन र अकबर अलि २० रनमा अविजित रहे । इनरुवाका विकल्प आचार्य, सराज बस्नेत र शिभम यादवले १–१ विकेट लिए ।

बिहीबारको पहिलो खेल जनकपुर र राजविराज र दोस्रो खेल आयोजक विराटनगर वीरगन्जबीच हुने आजोजकले जनाएको छ ।

प्रकाशित : चैत्र २३, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?