कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट : विराटनगर र राजविराज विजयी

विनोद भण्डारी

विराटनगर — प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा प्रदेश १ को विराटनगर महानगर र मधेश प्रदेशको राजविराज नगरपालिकाले मंगलवार विजयी सुरुवात गरेका छन् । विराटनगरले मेची नगरलाई ३६ रन र राजविराजले इनरुवा नगरलाई ७६ रनले पराजीत गरेको हो ।

प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट : विराटनगर र राजविराज विजयी

विराटनगर महानगरपालिकाको आयोजना र होराइजन क्रिकेट क्लबको प्राविधिक सहयोगमा मंगलवार बैजनाथपुर खेल मैदानमा सुरु प्रतियोगिताको पहिलो खेलमा विराटनगरले ८ विकेट गुमाएर १ सय २२ रनको सामान्य योगफल तयारी गर्दा लव कामत ५७ रनमा अविजित रहे । ५६ बलको सामना गरेका कामतले ४ चौका हिर्काए । विराटनगरका साकिव हकले १७ र मिसन थापाले १५ रनको इनिङ खेले । झापाका प्रेम सिंह र विशाल आचार्यले समान दुई दुई विकेट लिदा सुमिरन राई र विराज डाँगीको नाममा एक एक विकेट रहयो ।

सामान्य लक्ष्य पछ्याएको झापा विराटनगरका सिद्धान्त लोहनीको घातक वलिङ सामु १७ ओभवर ४ वलमा अलआउट हुँदै ८६ रनमा सिमित भयो । उसकालागि अनिल लामिछानेले ३२ र अंकीत सुवेदीले १६ रनको योगदान गरे । म्यान अफ द म्याच सिद्धान्तले ४ ओवरको वलिङमा एक मेडन राख्दै १३ रन मात्र खर्चे । विराटनगरका दिपेश कँडेलले ३, मुकुन्द यादवले २ र रेवती यादवले एक विकेट लिए ।

दोस्रो खेलमा राजविराजले टस जितेर पहिला ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १ सय २० रनको बनायो । उसकालागि रोहन विकले ३९ रन, निरज यादवले ३० रन र विशाल दासले २० रनको योगदान गरे । रोहनले २५ बलमा १ छक्का र ६ चौका हिर्काए । इनरुवाका सोनु मण्डलले ३ विकेट, भुपाल लुईटेल र गौरव कटुवालले १–१ विकेट लिए ।

१ सय २१ रनको पिछा गरेको इनरुवा राजविराजका अनिल यादवको घातक वलिङ सामु ११ ओभर ३ अल आउट हुँदै ५३ रनमा समेटियो । इनरुवाकालागि सोनु मण्डलले सर्वाधिक ९ रन बनाए । राजविराजका अनिलले एक मेडन ओभर राख्दै १२ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच भए । राजविराजकालागि मेहबुव आलम र अजय यादवको नाममा २–२ विकेट रहयो ।

बुधवार विरगञ्ज र मेची तथा इनरुवा र जनकपुर नगरपालिका बीच खेल हुने छ । लिग कम नकआउट आधारमा खेलाइएको प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेशका ६ नगरपालिकाको सहभागीता छ । विजयी टिमले १ लाख र उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउने छन ।

प्रकाशित : चैत्र २२, २०७८ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?