२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

रोलिङ क्लब सेमिफाइनलमा

सुम्निमा चाम्लिङ

इटहरी — रोलिङ क्लब झापा १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । इटहरी रंगशालामा सोमबार तेस्रो क्वाटरफाइनलमा एभिनियर फुटबल क्लब क्यामरुनलाई २–१ ले पराजित गर्दै रोलिङले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

रोलिङ क्लब सेमिफाइनलमा

क्यामरुनका केनीले २७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको एक मिनेटपछि रोलिङका विदेशी खेलाडी फोफाना फोडेले एक गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याए । फोफानाले गोल गरेपछि खेल रोमाञ्चक बन्यो ।

१–१ ले अगाडि बढिरहेको खेलमा दुई मिनेट इन्ज्युरी समय थपिएको थियो । थप समयको अन्तिम मिनेटमा अजयी मार्टिन्सले गोल गर्दै रोलिङको जित पक्का गरे ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा क्यामरुनी टिम निकै कमजोर देखिएको थियो । गत वर्षमा उपाधिको दाबेदारका रूपमा हेरिने क्यामरुनी टिम यस वर्ष पहिलो चरणबाट बाहिरिएको छ । सातौं मिनेटमा क्यामरुनका कप्तान टोबेटको फ्रिकिक प्रहार पोस्टमाथिबाट बाहिरियो । १३ औ मिनेटमा एल लियोनलले गरेको प्रहार पोस्टलक्षित हुन सकेन । खेलको ११ औं मिनेटमा रोलिङका मार्टिन्सको वान टच प्रहार गोलरक्षक रोड्रिग्युले दर्शनीय ढंगले बचाउ गरे । त्यस्तै मार्टिन्सको पासमा विनोटले गरेको प्रहार पनि सफल भएन । २६ औं मिनेटमा एन्जल गुरुङले गरेको प्रहार गोलरक्षक रोड्रिग्युले बचाए ।

एन्जलले लगत्तै अवसर प्राप्त गरे पनि गोल गर्न चुके । ३९ औं मिनेटमा विपक्षी खेलाडीले फाउल गरेपछि पाएको फ्रिकिक रोलिङले सदुपयोग गर्न सकेन । ६९ औं मिनेटमा फोफाना फोडेले दिएको पास सुनील खड्काले फिनिसिङ गर्न चुक्दा गोल गर्ने अवसर गुमाएको थियो ।

६९ औं मिनेटमा एस बोरिसले फिनिसिङ गर्न चुक्दा अवसर गुमाएको थियो । ७३ औ मिनेटमा पाएको फ्रिकिक क्यामरुनले सदुपयोग गर्नबाट चुक्यो । ७८ औं मिनेटमा जसपिनको प्रहार पोस्ट बाहिर गयो । ८४ औं मिनेटमा मार्टिन्सले दिएको पासमा एस बोरिसले गरेको हेड बल पोस्टदेखि थोरै बाहिर गयो । सोमबार म्यान अफ द म्याच पिटर सेगुन घोषित भए । उनले १० हजार प्राप्त गरे ।

रोलिङले सेमिफाइनलमा विभागिय टिम त्रिभुवन आर्मीको सामना गर्नेछ । आर्मी यसअघि उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो । मंगलबार सगरमाथा फुटबल क्लब मोरङ र एनआरटीबीच प्रतिर्स्प्धा हुनेछ ।

प्रकाशित : चैत्र २२, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?