इटहरीमा आर्मी विजयी

सुम्निमा चाम्लिङ

इटहरी — इटहरी रंगशालामा सुरु १२ औं संस्करणको इटहरी गोल्डकप फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । शनिबार पहिलो खेलमा आयोजक जागृति क्लबलाई २–१ ले पराजित गर्दै आर्मी अन्तिम चारमा पुग्यो ।

इटहरीमा आर्मी विजयी

पहिलो हाफको २८ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाए । १२ औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको बल पोस्ट नजिकबाट बाहिरियो । पाएको अवसर गुमाउँदा पहिलो हाफमा आर्मीले थप गोल गर्न सकेन । दोस्रो हाफको १९ औं मिनेटमा बक्स एरियाबाट भरत खवासले गोल गरे । पहिलो हाफको तुलनामा जागृति क्लब लयमा देखिए पनि फिनिसिङमा चुकेको थियो । खेलको २३ औं मिनेटमा जागृतिका विजय भुजेलले बक्स एरियाबाट आकर्षक गोल गर्दै खेलमा फर्किएको संकेत गरेको थियो ।

जागृतिले फ्रिकिक अवसर सदुपयोग गर्न सकेन । आर्मीका टेकबहादुरले २८ औं मिनेटमा बक्सभित्र प्राप्त बललाई पोस्टको दिशा दिन सकेनन् । आर्मीका भरत खवास म्याद अफ द म्याच भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । आइतबार कञ्चनजंघा फुटबल क्लब भारत र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र २०, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?