कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल : लगातार दोस्रो जितपछि राजस्थान शीर्ष स्थानमा

एजेन्सी

मुम्बई — राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा शनिबार लगातार दोस्रो जित निकालेको छ । राजस्थानले यसका लागि मुम्बई इन्डियन्सलाई २३ रनले हराएको हो । 

आईपीएल : लगातार दोस्रो जितपछि राजस्थान शीर्ष स्थानमा

मुम्बईले पनि लगातार दोस्रो खेलमा हार बेहोर्‍यो । यो जितपछि राजस्थान १० टिम सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । पहिले ब्याटिङ गरेको राजस्थानले जस बटलरको सय रनको मद्दतले आठ विकेटमा १ सय ९३ रन बनाको थियो ।

जवाफमा मुम्बईले २० ओभरमा आठ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि ईसान किसनले ५४ र तिलक वर्माले ६१ रन बनाए । तर यो हार जोगाउन पर्याप्त रहेन ।

प्रकाशित : चैत्र १९, २०७८ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?